२३ पुस काठमाडौँ । काठमाडौंमा भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हामफाल्दा एक व्यक्ति घाइते भएका छन् । कंलकी स्युचाटार निवासी आफु बस्ने घरको छतबाट एक्कसी हामफाले घाइते भएको नेपाल प्रहरी जनाए ।
उक्त व्यक्तिको अस्पतालमा उपचार भइरेको छ । आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको धक्काले नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो ।
त्यसै गरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका छन् ।उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीले बताए ।