Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल र चीनको सिमानामा केन्द्रबिन्दु भएर गएको भूकम्पले सोलुखुम्बुमा  दुई घर क्षति

नेपाल र चीनको सिमानामा केन्द्रबिन्दु भएर गएको भूकम्पले सोलुखुम्बुमा  दुई घर क्षति

जोईन खबर

२३, पौष २०८१
  • 697
    SHARES
  • नेपाल र चीनको सिमानामा केन्द्रबिन्दु भएर गएको भूकम्पले सोलुखुम्बुमा  दुई घर क्षति

    २३ पुस काठमाडौँ । नेपाल र चीनको सिमानमा केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले  सोलुखुम्बुमा दुई घरमा क्षति  पुराएको छ ।

    images

    उक्त क्षति पुराएको थुलुङ दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एक एक गरि दुई घरमा क्षति पुराएको प्रहरीले बताए ।

    images
    images
    images

    बिहान करिब  ६स्५० मिनेट जादा थुलुङ दुधकोशी-७ देउसा लुरुवा बस्ने ५० वर्षीय हर्कबहादुर खत्रीको दुई तले घर र खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुई तले घरमा पनि क्षति पुगेको घटनाको संकलन गर्ने एक प्रहरीले जानकारी दिए ।

    उनका अनुसार इलाका प्रहरी कार्यालय थाम्बुचेबाट प्रमुख दीपक कट्वालको कमाण्डमा तीनजना प्रहरी टोली उद्दारमा खटिएको छ ।

    सोलुखुम्बुका बासिन्दाहरूलाई सुरक्षित रहन र आवश्यक भएमा प्रशासनसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।  बिहान नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो ।
     

    प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - १२:३२:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको