२३ पुस काठमाडौँ । आज बिहान नेपाल चीन सीमानामा केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पको धक्काले नेपालको प्राय स्थानमा महशुस गराएको छ ।
भूकम्प बिहान ६ बजेर ५२ मिनेट जाँदा कोशी, मधेस, गण्डकी र वागमती प्रदेश लगायत विभिन्न जिल्लाहरुमा धक्का महशुस भएको हो । भूकम्पपछि मधेस प्रदेशको मौसम परिवर्तन भएको स्थानीयहरु बताउँछन् ।
बिहान मौसम अनुकुल भएपनि बिहान भूकम्प गएपछि मधेस प्रदेशमा पौने सात बजेपछि अचानक मौसम परिवर्तन भएको, हावा चलेको र हुस्सुले शहर ढाकेको र पानी पर्ला जस्तो घाम नलागेको स्थानीयहरुको भनाइ छ ।
नेपालमा संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जानकारी दिए ।