२३ पुस काठमाडौँ । नेकपा माओवादी केन्द्रका अहिले भइ रहेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जनयुद्धमा बेपत्ता पारिएकाहरूको अभिलेखसहित ‘रेड बुक’ बनाउने प्रस्ताव राखेका छन् ।
आइतबारबाट जारी पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा बस्नेतले जनयुद्धका शहिद र बेपत्ताहरू बराबर भएको भन्दै त्यसको अभिलेख हुनुपर्ने बताएका हुन् ।
आफू मरेर अरूलाई उज्यालो छर्नुमा जीवन देख्ने महान् शहिद, बेपत्ताहरू सबै उत्तिकै महान् हुन्न भने भनाइ व्यक्त गरे । उनले अब आउने दिनहरुमा हाम्रो पार्टीले केन्द्र, प्रदेश, जिल्ला, पालिका तहमा व्यवस्थित अभिलेख सहितको रेड बुक बनाउने तयारी गर्नु पर्ने बताए ।
केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेन्डा नराख्न आग्रह गर्दै अवधि पुगेपछि स्वतः हुनुपर्ने बताए ।
बरु, ‘प्रचण्ड’ले प्रत्येक साता एकजना स्थानीय तहका जनप्रतिनिधि र पार्टी कमिटी प्रमुखसँग भर्चुअल संवाद गर्न आवश्यक रहेको बताए । उनले फागुन १ गतेलाई बलिदान दिवसको रूपमा मनाउने निर्णय गर्नुपर्ने प्रस्ताव पनि राखेका छन् ।