Logo

मंगलवार, श्रावण १२ गते २०८३

थाइल्यान्डबाट ६ खेलाडी एनकेएल खेल्न आइपुगे

थाइल्यान्डबाट ६ खेलाडी एनकेएल खेल्न आइपुगे

जोईन खबर

२४, पौष २०८१
  • 652
    SHARES
  • थाइल्यान्डबाट ६ खेलाडी एनकेएल खेल्न आइपुगे

    २४ पुस काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग ९एनकेएल० खेल्न थाइल्यान्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन् ।विराटनगर ब्यान्डिट्सले रत्तनाकोन योत्ससुङनोएन र नोफाडोन पोन्ताइसोनलाई भित्राएको हो । तानोङसाक श्रेइरा र चायफोन कामुनी जनकपुर नाइट्समा आबद्ध भएका छन् ।

    images

    त्यस्तै, रोएनग्रोम चातुरोनफाइसन र साहरात फेतचुईले काठमान्डु माभरिक्सबाट एनकेएल खेल्दैछन् ।एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीकाअनुसार यसअघि नै बंगलादेश र केन्याबाट पाँच खेलाडी तथा भारतबाट दुई प्रशिक्षक आइसकेका छन् ।

    बिदेशी १७ खेलाडीमध्ये ६ खेलाडी पनि चाँडै आइपुग्ने उनले बताए ।त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजन सुरु हुनेछ । फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन् ।

    प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - १०:५०:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको