Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा कुपण्डोल फ्रेन्ड्स विजयी

दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा कुपण्डोल फ्रेन्ड्स विजयी

जोईन खबर

२४, पौष २०८१
  • 625
    SHARES
  • दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा कुपण्डोल फ्रेन्ड्स विजयी

    २४ पुस काठमाडौँ । कुपण्डोल फ्रेन्ड्स भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।जावलाखेल मैदानमा कुपण्डोल फ्रेन्ड्स भेट्रानले डिल्लीबजारलाई ६–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो ।

    images

    विजेताका हर्कराज थापाले २ तथा महेन्द्र खवास, सुनिल सुवेदी, चन्द्र तामाङ र हरिहर थापाले समान १–१ गोल गरे ।श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा बीबीसी र जोरपाटी भेट्रान विजयी भए ।

    images
    images
    images

    बीबीसीले तार्केश्वर युथ क्लबलाई ३–१ गोलले हरायो । बीबीसीका दीपक लामा, नवीन न्यौपाने र आकाश छन्त्यालले गोल गरे । तार्केश्वरका सूर्य गर्तौलाले सान्त्वना गोल गरे । जोरपाटीले टीवाईएन नख्खु भेट्रानलाई २–० गोलले पाखा लगायो ।

    जोरपाटीका लागि तीर्थ लामा र रन्जित लामाले गोल गरे ।त्यस्तै बिजी फुटसलले इमाडोल भेट्रान तथा डिफेन्डिङ च्याम्पियन कुपण्डोल ४० प्लस भेट्रानले सरस्वतीनगरलाई टाइब्रेकरमा पन्छाए ।

    प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - १०:५५:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको