२४ पुस काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेर कारोवार हुदै छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।
मंगलबार बजारमा यस्तो सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा नै खरिदबिक्री भईरहेको छ ।