२४ पुस काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले अब पार्टीलाई सहज तरिकाबाट लैजान ६ महिना पार्टी अभियानमा जुट्न अपिल गरेका छन्।हिजो माओवादीको केन्द्रीय समिति बैठकमा बोल्दै तामाङले आजको आवश्यकता नै महाधिवेशन भएको बताएका छन्।
तामाङको भनाइलाई उदृत गर्दै एक नेताले भने,‘कमरेड अध्यक्ष प्रचण्डको नेतृत्वमा दुईतिहाई मतका लागि ०८४ को चुनावी तयारीमा जुटौँ।’ तामाङले बैठकमा भने,‘ निश्चय नै प्रचण्ड पोस्टर नै माओवादीको विगत बर्तमान र भविष्य हो।’ उनले युवाको भर्ती खोली पार्टी निमार्णमा अवसर दिन अनुरोध गरे।युवालाई निराश बनाएर पार्टीमा उत्साह आउँदैन।
उमेरहदका कारण बिदा हुने विद्यार्थीलाई सबै तहमा प्राथमिकताका साथ यहीबाट न्यायोचित निर्णय गरेर जाउँ।’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए तत्काल सरकार विरुद्ध सडक संघर्षमा जानु पर्ने बताए।