Logo

बिहिवार, कार्तिक १३ गते २०८३

छुट्टा छुटै स्थानमा  दुर्घटना हुदा ३ जनाको मृत्यु 

छुट्टा छुटै स्थानमा  दुर्घटना हुदा ३ जनाको मृत्यु 

जोईन खबर

२४, पौष २०८१
  • 712
    SHARES
  • छुट्टा छुटै स्थानमा  दुर्घटना हुदा ३ जनाको मृत्यु 

    २४ पुस काठमाडौँ । छुट्ट छुटै स्थानमा सवारी दुर्घटना हुदा  तीन जनाको मृत्यु भएको छ ।

    images

    सल्यान छत्रेश्वरी गाउँपालिका-१ मयनीस्थित सडकमा भालुमारेबाट मयनीतर्फ जाँदै गरेको लु.प्र.०२(००१ त ००१२ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

    images
    images
    images

    बाँके, नेपालगंज उपमहानगरपालिका(१७ ढोडेगाउँस्थित सडकमा युपि ४० एएफ २०४४ नम्बरको मोटरसाइकल र ने१ ह ३६८१ नम्बरको ई-रिक्सा एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जानकी गाउँपालिका(३ बढैया बस्ने ५० वर्षीय निजमुद्दिन खानको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

    दाङ, तुल्सीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित सडकमा बीरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु।प्र।०२(००१ ख ४४ नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको छ।ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

    प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - १६:४८:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको