२४ पुस काठमाडौँ । आर्थिक अभावका कारण उपचार गर्न नसकेका मृगौला पीडित गोरखा शहिद लखन गाँउपालिका वडा न –८, कुवापानी बुङ्कोट निवासी ४० वर्षीय कुमार थापालाई उपचारको लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् । पिडित कुमार थापा बचौँउ अभियान अर्न्तगतका संयोजक र पर्वसुरक्षाकर्मि परिषद नेपालका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका संयोजक उत्तर कुमार श्रेष्ठ र पर्यटन ब्यावसायीक समाजसेबी नबराज अंगाईले सङ्कलित गरेको १५ लाख रुपैयाँ आर्थिक सहयोग आज बुधबार एक कार्यक्रम बिच हस्तान्तरण गरिएको अभियानका संयोजक उत्तर कुमार श्रेष्ठले जानकाकरी दिनु भयो ।
अभियानका संयोजक उत्तर कुमार श्रेष्ठले सहयोग गर्नेहरुलाई धन्यवाद दिदै
आज बुधबार पीडितलाई रकम हस्तान्तरण कार्यक्रमको अध्यक्षता अभियानका संयोजक उत्तर कुमार श्रेष्ठ र पर्यटन ब्यावसायीक तथा समाजसेबी नमराज अम्गाईको प्रमुख अतिथिमा गरिएको हो। सो अभियानका संयोजक समाजसेवी उत्तरकुमार श्रेष्ठ, सचिव सन्तोष वाग्ले, समाजसेवी नवराज अम्गाईं, पूर्वउपसचिव खिलप्रसाद सुवेदी र कविराज अम्गाईं ,अमृत बाबू श्रेष्ठ,संकल्प श्रेष्ठ लगायतको सहभागिता थियो । मृगौला पीडित थापाको काठमाडौँ टिचिङ अस्पताल महाराजगंजमा उपचार भई रहेको छ । यस अभियानका संयोजक श्रेष्ठले बोल्दै भनु भयो एकले थुकी सुकी सयले थुकी नदि भने मूल नाराका साथ हामीले यो अभियान सञ्चालन गरेका हौँ , उक्त अभियानले एउटा गोरखालीले अर्को गोरखाली व्यक्तिको जीवन बचाउँनुपर्छ भन्ने उद्धेश्य अनुरुप गरिएको हो ।
सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन तथा चेक हस्तान्तरण कार्यक्रमको समूहिक फोटो
घरभइ हाल काठमाडौँ उपत्यका लगायत विभिन्न देश विदेशमा बसोवास गर्दे आएकाहरु संग मुठ्ठी दान अभियान अर्न्तगत मृगौला पीडित थापाको उपचार सहयोगका लागि उक्त रकम सङ्कलन गर्ने अभियानका संयोजक श्रेष्ठले आफनो कामलाइ एक तिरा राखेर यस अभियानलाई निरन्तरता दिदैँ पीडित थापाको मृर्गौला प्रत्यारोपणका लागि यतिको आर्थिक सहयोग जुटेको संयोजक श्रेष्ठले जानकारी दिनु भयो । अभियान सञ्चालन गर्ने संयोजक श्रेष्ठले यस अभियान सफल पार्नको लागि कति दाजू भाई दिदि बहिनी आफन्ताहरु संगै कल म्यासेजमा हात जोडेर यति रकम जम्मा गरेर पिडितलाई सहयोग गर्ने पाउदा हुदया देखि खुशी भएको महसुस व्यक्त गर्नु भयो ।
मुठ्ठी दान अभियानको चेक हस्तान्तरण गर्दै संयोजक उत्तर कुमार श्रेष्ठ लगायतका टिमहरु
यस अभियानमा थोपा थोपा मिलेर समुन्द्र भने जस्तै गरि आज सबैको साथ र सहयोग र सबै संग भौतिक रुपमा नभए पनि सामाजिक सञ्जालमार्फत पनि हामीलाई विश्वास गरेर सहयोग गरि पीडित थापालाई मद्दत गर्ने मौका दिएको सचिव सन्तोष वाग्लेले बताउनु भयो । यसै क्रम समाजसेवी नमराज अम्गाईले सहयोग गर्ने तथा हामीले मानवताको नाताले सुरु गरेको अभियानलाई साथ दिनु हुने सबै व्यक्तित्वहरुलाई धन्यवाद दिदै सबै पेशा, व्यवसाय, धर्म, समुदायक, राजनीतिक आस्था विचार र देश विदेश रहेका गोरखा वासीमाझ ‘कुमार थापा जीवन बचाउँ’ अभियान सञ्चालन गर्दा करिब १५ लाख रुपैयाँ संकलन भएको जानकारी सबै सामु प्रष्ट पार्नु भयो । भोलीका दिनहरुमा पनि यस्तो अवस्था जो कोहीलाई पर्द पनि सहयोग गर्नृु पर्छ भने भावना सबैमा हुनु पर्छ समेत बताउनु भयो ।