२६ पुस काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित नहुने भएका छन् । बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आइरहेका छन् ।
पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडेका थिए ।रविलाई आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको थियो ।यद्यपि उनी आइतबारमात्रै अदालत उपस्थित हुने सो पार्टीका सह–कोषाध्यक्ष दीपक बोहोराले जानकारी गराएका छन् ।
कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।आदेशलगत्तै उनले बिहीबार साँझ नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका थिए ।