२६ पुस काठमाडौँ । काठमाडौं जिल्ला प्रेस सेन्टर नेपालको समन्वय समितिको नयाँ कार्यसमिति चयन भएको छ । आज पुस २६ गतेका दिन काठमाडौ अनामनगर सिलौटो कटेजमा प्रेस सेन्टर नेपालको चौथो अधिवेशनबाट अध्यक्षमा राममणि घिमिरेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । यस चौथो अधिवेशनबाट नयाँ समितिबाट अध्यक्षमा राममणि घिमिरेको ,उपाध्यक्षमा रमेश लामिछाने र महिला उपाध्यक्षमा मनिका खतिवडा निर्वाचित भएका हुन् ।

यस अधिवेशनमा लामिछाने खुल्ला उपाध्यक्ष सर्वसम्मत चयन भएका हुन् । यस कमिटिमा सचिवमा सन्तोष तिवारी, सहसचिवमा हिरोज लोप्चन, सहसचिव समावेशीमा अनिशा निरौला, कोषाध्यक्ष मदन नगरकोटी र्निविरोध निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा अर्जुन गौतम, मञ्जु घिमिरे, अंकध्वज परियार, सूर्यबहादुर लामा, दिलिप न्यौपाने, दिपक योगी, दिलिप गुरुङ, सुनिता तिमल्सिना, ऋग देवकोटा, शैलेश कुमार डंगोल र सुदिप भट्ट निर्वाचित भए ।

आज भएको अधिवेशनको निर्वाचन समिति संयोजक ईश्वरी वाग्ले र सदस्याहरु गोकर्ण बराला,सुनिल खड्क,मनोज घर्ती मगर रहेका थिए । उक्त अधिवेशन कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा,माओवादी केन्द्रको केन्द्रीय सदस्या ,पार्टीका काठमाडौँ जिल्लाका अध्यक्ष, प्रेस सेन्टर नेपाल उपत्यकका नेता,नवनिर्वाचित पत्रकार महासघंका प्रदेश ,जिल्ला लगायत पत्रकारहरुको उपस्थिति थियो । यसै अधिवेशनबाट निर्वाचित टिमलाई प्रेस सेन्टर नेपालका अध्यक्ष ,माओवादी पार्टीका केन्द्रीय सदस्या लगायतले खादा र प्रमाणपत्र वितरण गरेका थिए ।
