Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मानव अधिकार धादिङ एलाईन्स अध्यक्षमा गिता खनाल निर्वाचित

मानव अधिकार धादिङ एलाईन्स अध्यक्षमा गिता खनाल निर्वाचित

जोईन खबर

२८, पौष २०८१
  • 607
    SHARES
  • मानव अधिकार धादिङ एलाईन्स अध्यक्षमा गिता खनाल निर्वाचित

    २८ पुस काठमाडौँ । पहिलो पटक महिला नेतृत्वलाई अध्यक्षमा निर्बाचित गर्दै मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) धादिङको अधिबेसन धादिङबेसीमा सम्पन्न भएको छ । चौथो जिल्ला अधिवेशनले अध्यक्षमा सहयात्री समाज नेपालका अध्यक्ष गिता खनाल सर्वसम्मत निर्वाचित गरेको हो ।

    images

    अध्यक्षमा निर्बाचित खनाल बिगत लामो समयदेखी मानबधिकार, सामाजिक न्याय, समानता, महिला शशक्तिकरणको क्षेत्रमा कृयाशिल हुनुहुन्छ । अधिवेशनले उपाध्यक्षमा धर्मराज सिलवाल, बिमला गिरी, सचिवमा जिवन सिलवाल, सहसचिवमा , कोषाध्यक्षमा कविता यस्माली मगर, निर्वाचित गरेको छ ।

    images
    images
    images

    28u.jpeg

    त्यसैगरि सदस्यहरुमा नवराध धिताल, रञ्जीता रेग्मी, विश्व प्रजा, र अच्युत खतिवडालाई निर्वाचित गरेको छ ।अधिवेशनको मानवअधिकार एलाएन्स केन्द्रीय सदस्य गुणराज खतिवडाले उद्घाटन गर्दै समाजिक न्याय र मानवअधिकारका लागि पैरवी र प्रवर्धन  गर्नुपर्ने बताउनुुभयो ।

    u28.jpeg

    अधिवेशनलाई नेकपा एमाले बागमति प्रदेश सदस्य खिलकुमारी तिवारी, मानवअधिकार एलाएन्स बागमति प्रदेश अध्यक्ष श्यामचन्द्र श्रेष्ठ, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, लगायतले शुुभकामना व्यक्त गर्नुुभयो ।

    प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - १२:००:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको