Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फोटोग्राफर शेर्पाको निधन

फोटोग्राफर शेर्पाको निधन

जोईन खबर

२९, पौष २०८१
  • 646
    SHARES
  • फोटोग्राफर शेर्पाको निधन

    २९ पुस काठमाडौँ । वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    images

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत हुनुहुन्थ्यो ।

    images
    images
    images

    उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गर्नुभयो । उहाँका दुई छोरा र तीन छोरी छन् ।

    केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध हुनुहुन्थ्यो । 

    प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १०:५९:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको