Logo

बिहिवार, कार्तिक १३ गते २०८३

देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ 

देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ 

जोईन खबर

२९, पौष २०८१
  • 637
    SHARES
  • देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ 

    २९ पुस काठमाडौँ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ। नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरी सो अवसरमा उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए।मेलाको शुभारम्भ गरिएसँगै अन्यत्रदेखि भक्तजन आउनेक्रम सुरु भएको छ।

    images

    नदीमा स्नानका लागि रेखाङ्कनको काम गरिएको छ। देवघाटमा पुसको अन्तिम दिनदेखि मकर स्नान मेला सुरु हुन्छ। गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघे सङ्क्रान्तिका दिन नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ। स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरू पनि यस दिनमा स्नान गर्न आउने गर्दछन्।

    images
    images
    images

    माघे सङ्क्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ।आज राति भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ। भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ।                                                                                                                      

    प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १४:४५:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको