Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा शहिद लखनको घैरुङमा ९ हल गोरु जुधाइ 

गोरखा शहिद लखनको घैरुङमा ९ हल गोरु जुधाइ 

जोईन खबर

२, माघ २०८१
  • 580
    SHARES
  • गोरखा शहिद लखनको घैरुङमा ९ हल गोरु जुधाइ 

    २ माघ काठमाडौँ । गोरखा शहिद लखन गाउँपालिका वडा न ६ घैरुङमा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । हिजो माघ १ गते   माघे सङ्क्रान्तिको अवसर  ९ हल गोरु जुधाइएको थियो । यस वडा मा रहेका क्लबले हरेका बर्ष जस्तो यो बर्ष पनि प्रतियोगिता  गरिएको  हो ।

    images

    यस हिजो भएको प्रतियोगितामा दुई ग्रेड गरि  ‘ए’ ग्रेड तर्फ पाँच र ‘बि’ ग्रेड तर्फ चार हल  गरि ९ हल गोरु जुधाइएको आयोजक हिमालय देवी युवा क्लबले जनाएको छ ।

    images
    images
    images

    उक्त प्रतियोगिता ‘ए’ ग्रेड तर्फको बिजेता गोरुलाई १५ हजार र उपबिजेतालाई १० हजार नगद पुरस्कार दिइएको क्लबका अध्यक्ष निर्मल गुरुङले बताए ।

    ‘बि’ ग्रेडतर्फ भने बिजेतालाई ८ हजार र उपबिजेतालाई ४ हजार नगद पुरस्कार वितरण गरिएको हो ।  गोरखा र धादिङ जिल्लाबाट गोरु सहभागी गराइएको थियो ।

    हराउँदै गएको परम्परालाई जर्गेना गर्ने उदेश्यसहित क्लबले बिगत ९ बर्षदेखि गोरु जुधाइ कार्यक्रम गर्दै आएको छ ।गोरु जुधाइसँगै स्थानीय कला संस्कृति, सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी र हस्तकला प्रतियोगीता लगायतका कार्यक्रम गरिएको थियो ।

     

    प्रकाशित मिति :माघ २, २०८१ बुधवार - १०:५७:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको