२ माघ काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा मगर समुदायले माघ १ गतेको माघे संक्रान्ति हर्ष साथ मनाएका छन् । देशमा रहेका विभिन्न जातजातिका मानिसहरुको जात अनुसारको आफनै पराम्परा अनुसार पर्व मनाइ आएको छन् । त्यसै पर्वमा मगर समुदायको प्रमुख सांस्कृतिक पर्वका रुपमा माघे सक्रान्तिलाई माघीका रुपमा उनीहरुले मनाउने गरेका छन् ।
नेपाल मगर संघ, र गोरखा नगरपालिका समितिको समन्वयमा भएको थियो । यस आयोजनामा गोरखा नगरपालिकाम आयोजित कार्यक्रममा पालिकाको १४ वटै वडाबाट मगर जाति तथा अन्य जातिका मानिसहरु समेत सहभागी रहेका थिए । उक्त कार्यक्रमको सुरुवातीमा नेपाल मगर संघको कार्यालयदेखि हरमटारीस्थित खेलकुद मैदानसम्म विभिन्न झाँकीसहितको ¥याली प्रदर्शनी गरेका थिए ।
साथै हरेक पालिकामा पालिकास्तरीय समितिले पनि अलग अलग कार्यक्रम गरी माघी मनाएका छन् ।¥यालीमा सोरठी, मारुनी, झ्याउरे, चुट्का, पाङ्दुरे गीत तथा नाचहरु पनि प्रदर्शन गरिएको थियो भने मगर समुदायले पञ्चेबाजा बजाएर नाचगान गरेका थिए ।सहभागीहरुले मगर जातिको मौलिकता झल्किने भेषभुषा पनि लगाएका थिए ।
उनीहरुले गोरखाको हरमटारीस्थित रङ्गशालामा औपचारिक समारोह आयोजना गरी शुभकामना आदानप्रदान गरेका छन् ।सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । यस पर्वलाई विशेषगरी थारु र मगर समुदायले मुख्य चाडपर्वका रुपमा मनाउँने गरेका छन् ।