Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

सभापति लामिछानेको मुद्दामा थुनछेक बहस सकियो

सभापति लामिछानेको मुद्दामा थुनछेक बहस सकियो

जोईन खबर

२, माघ २०८१
  • 679
    SHARES
  • सभापति लामिछानेको मुद्दामा थुनछेक बहस सकियो

    २ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् ।जिल्ला अदालत काठमाडौँमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट बहस भएको थियो ।

    images

    पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ तथा अभिवक्ताहरू सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरे ।अर्का वकिल राजेन्द्र प्रसाद सेढाईंले पनि बहसको माग गरेका थिए, तर न्यायाधीशले समयअभाव देखाएपछि उनले छोटो लिखित राय मात्र दिए ।रविको पक्षबाट बहस सकिएपछि सरकारी वकिलहरू खणिन्द्र कटुवालले जवाफी बहस गरे ।

    images
    images
    images

    यस्तै जाहेरीकर्ताको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरे । अन्त्यमा रवि लामिछानेले आफ्नो कुरा राख्न पाँच मिनेटको समय मागेका थिए ।बहसहरु सकिएपश्चात न्यायाधीसले सबैलाई बाहिर पठाएका छन् र आदेश लेख्ने तयारी गरेका छन् ।

    प्रकाशित मिति :माघ २, २०८१ बुधवार - १६:०२:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको