Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लागूऔषधसहित चार जना पक्राउ

लागूऔषधसहित चार जना पक्राउ

जोईन खबर

३, माघ २०८१
  • 637
    SHARES
  • लागूऔषधसहित चार जना पक्राउ

    ३ माघ काठमाडौँ । अछाममा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ  गरेको छ ।  मंगलसेन नगरपालिका ५ को मंगलसैन बजारबाट उनीहरुलाई विभिन्न किसिमका औषधीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश विश्वकर्मा, २२ वर्षीय अर्जुन सुनार, २२ वर्षीय कर्णप्रसाद ढुङ्गाना र १९ वर्षीय अर्जुन सुनार रहेका छन् ।

    images
    images
    images

    उनीहरुलाई चेकजाँच गर्दा प्रकाश विश्वकर्माको साथबाट ४२ क्याप्सुल ट्रामाडोल, ८ क्याप्सुल प्रिगाभा, ५ क्याप्सुल ईभा र अर्जुन सुनारको साथबाट प्रिगाम्लिन ७४ क्याप्सुल लागूऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरी टोलीले चारै जनालाई नियन्त्रणमा लिएको थियो । 

    प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - १०:५१:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको