Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धार्चेको संस्थागत क्षमत स्वमूल्याकंन अंक बढेर ९४.७५ प्रतिशत

धार्चेको संस्थागत क्षमत स्वमूल्याकंन अंक बढेर ९४.७५ प्रतिशत

जोईन खबर

३, माघ २०८१
  • 730
    SHARES
  • धार्चेको संस्थागत क्षमत स्वमूल्याकंन अंक बढेर ९४.७५ प्रतिशत

    ३ माघ काठमडौँ । उत्तरी गोरखा धार्चे गाउँपालिकाको यो बर्षको संस्थागत क्षमता स्वमूल्याकंन अंक बढेको छ । विगत दुई बर्षदेखि अंक बढ्दो क्रममा रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको स्थानीय तहहरुको क्षमता स्वमूल्याकंन नतिजामा उल्लेख छ ।

    images

    गत आर्थिक बर्ष २०८०र८१ मा धार्चेको संस्थागत क्षमता स्वमूल्याकंन अंक ९४.७५ प्रतिशत र आव २०७९÷८० मा ७५.७५ प्रतिशत अंक प्राप्त गरेको धार्चेले आव २०७८र७९ मा ४३.५ प्रतिशत मात्र अंक प्राप्त गरेको थियो । हरेक वर्ष जस्तै यो बर्ष पनि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० सूचकहरूमा स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याकंन गरेको हो ।

    images
    images
    images

    पालिकाको  वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फको अंक क्रमश ९५.५४ र १०० रहेको तथ्याङ्कमा उल्लेख छ । सेवा प्रवाह तर्फ पालिकाले ९३.७५ प्रतिशत अंक प्राप्त गरेको छ भने न्यायिक कार्य सम्पादनतर्फ शत प्रतिशत अंक प्राप्त,भौतिक पूर्वाधार तर्फ ८८.४६ र सामाजिक समावेशीकरण तर्फ ९० प्रतिशत,वातावरण संरक्षण तथा विपद व्यवस्थापन तर्फ ८८.८९ प्रतिशत र सहकार्य र समन्वयतर्फ ९५.८३ प्रतिशत अंक प्राप्त गरेको  धार्चेको प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताउनु भयो । पालिकाले १० वटै क्षेत्रका सूचकहरुको आधारमा काम गरेकाले नै उत्कृष्ट अंक प्राप्त गरेको बताए । 

    प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - ११:३१:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको