४ माघ काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार तीन सय र चाँदी ५० ले बढेको छ ।
बिहीबार प्रतितोला एक लाख ५६ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार नौ सयमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० बढेको छ ।
आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय ८० मा कारोबार भइरहेको भइरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य दुई हजार सात सय १४ दशमलव ९८ अमेरिकी डलरमा कायम भएको छ ।