४ माघ काठमाडौँ । गोरखामा घाइते अवस्थामा भेटीएको बृद्वको उपचारको क्रम मृत्यु भएको छ । गोरखा नगरपालिका वडा न –६ छहरे स्थित काडाँघाँरीमा धारिलो हतियार प्रयोग गरेर घाइते बनाएको अवस्थामा फेला परेको बृद्वको उपचारको क्रम मृत्यु भएको हो।
गोरखा नगरपालिका वडा नम्बर ६ छहरे बस्ने ८५ बर्षका तोप बहादुर पाठकको घाँटी, टाउको र खुट्टामा धारिलो हतियार प्रयोग गरि घाइते बनाएको अवस्थामा प्रहरीले फेला पारि उपचारका लागि जिल्ला अस्पताल गोरखामा पुर्याउदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले बताए ।
ती वृद्ध घाइते अवस्थामा बिहिवार बिहान १० बजे घर देखि करिब १०० मिटर दूरीमा फेला परेका थिए । साथै घटनास्थलबाट खुकुरी १ थान, ऊनीको टोपी १ थान फेला परेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त घटना के कारणले भएको भने थाहा हुन सकेको छैन् ।