Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिन्धुपाल्चोकको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोकको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

जोईन खबर

४, माघ २०८१
  • 727
    SHARES
  • सिन्धुपाल्चोकको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    ४ माघ काठमाडौँ । सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।दोलखाबाट काठमाडौं आउँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा चालकको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

    images

    प्रहरीका अनुसार शुक्रबार दिउँसो सुनकोशी गाउँपालिका वडा-६ मा मधेस प्रदेश ०३-००२ ख ०५३३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक जलेर मृत्यु भएको हो।

    images
    images
    images

    मृत्यु हुनेमा मोटरसाइकल चालक लिसंखु पाखर गाउँपालिका वडा नम्बर ७ का दावाछिरिङ लामा हुन्। ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

     

    प्रकाशित मिति :माघ ४, २०८१ शुक्रवार - १६:२५:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको