७ माघ काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले चेकजाचको क्रम कुटपिट गरेका छन् । रातकिो समयमा चेकजाच गर्दा माथिको पावर देखाएको’ भन्दै डियुटीमा खटिएका प्रहरीले युवकलाई लात्तैलात्ताले हानेको भिडियो अहिले सामाजिक सञ्जालामा भाइरल बनेको छ ।
उक्त भिडियो हिजो मात्र सामाजिक सञ्जालामा देखिएको हो । प्रहरीले बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले फोन गर्ने माथिको पावर देखाउने भन्दै एक युवकलाई कुटपिट गरेको देखिन्छ ।प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् ।तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् ।
ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
घटना भएको लोकेसन भेरिफाइ गरिरहेको र भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने उनले बताए । घटनाबारे आवश्यक अनुसन्धान गरेर गल्ती गर्नेहरूलाई नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए ।