७ माघ काठमडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुटाउनु पर्ने बताएका छन्। उनले आज गोरखाको गोरखा नगरपालिका वडा न ८ आहालेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती कार्यक्रमलाई उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
गोरखाबाट निर्वाचित भएर आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको समेत जानकारी गराए । भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारेको छ ।
सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आजको आवश्यकता रहेको बताए । अहिले हाम्रो देशमा पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको र यस अझ प्रगति गर्न सरकारबाट हुने हरेक बिषयबस्तुमा पहल गर्नु पर्ने देखिएको छ ।
सामाजिक न्याय र समृद्धिको अभियानमार्फत यसअघि आफू नेतृत्वको सरकारले काम गरे पनि भ्रष्टहरूले सरकारबाट हटाएको भने भनाइ प्रष्ट पारेका थिए । गोरखाका जनतालाइ उनले म जनप्रतिनिधिको हैसितले जति गोरखा आउनु पर्ने हो तेति आउन नसकेको समेत बताए ।