८ माघ काठमाडौँ । रौतहटबाट लागू औषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका-४ बस्ने ३४ वर्षका प्रचण्डबहादुर थापा रहेका छन् ।
चन्द्रपुर नगरपालिका-४ स्थित हाईवे ट्रामा हस्पिटल प्राली अगाडि पूर्वपश्चिम राजमार्गबाट उनलाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय चन्द्रपुरको टोलिले पक्राउ गरेको हो ।
पक्राउ परेका थापाको साथबाट एक ग्राम लागूऔषध खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारीले बताए ।
पक्राउ परेका थापालाई लागू औषध मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान गरि रहेका छन् ।