Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा जिल्लाको १२ औं राष्ट्रपति रनिङशिल्डको उपाधि  चौथो पटक पनि सिरानचोकलाई 

गोरखा जिल्लाको १२ औं राष्ट्रपति रनिङशिल्डको उपाधि  चौथो पटक पनि सिरानचोकलाई 

जोईन खबर

८, माघ २०८१
  • 514
    SHARES
  • गोरखा जिल्लाको १२ औं राष्ट्रपति रनिङशिल्डको उपाधि  चौथो पटक पनि सिरानचोकलाई 

    ८ माघ काठमडौँ । गोरखामा भएको  १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि  चौथो पटक पनि सिरानचोक गाउँपालिकाले जितेको छ । जिल्लाको रनिङशिल्ड प्रतियोगिता गत शनिकबारदेखि सुरु भएर हिजो सोमबार सम्पन्न भएको हो ।

    images

    उक्त प्रतियोगिता सधै भरि जिल्लाको सदरमुकामको गोरखा नगरपालिका हुने थियो , भने यो चोटी भने गोरखा पालुङटार नगरपालिकामा  १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु भएको थियो । यस प्रतियोगितामा हरेक बर्ष लगातार सिरानचोक गाउँपालिकाले तीन पटक उपाधि विजेता बनेसँगै रनिङ शिल्डमा पाउने शिल्ड पनि आफनो बनाएको छ । यो बर्ष सम्पन्न खेलहरुमा  ७ स्वर्ण, ९ रजत र ३ कास्य गरी १९ पदक जित्दै सिरानचोक गाउँपालिका प्रथम भएको हो ।यसै प्रतियोगितामा दोस्रो हुने पालुङटार नगरपालिकाले ६ स्वर्ण, ६ रजत र ८ कास्य गरी २० पदक जितेको थियो । तेस्रो हुने भिमसेनथापा गाउँपालिकाले ५ स्वर्ण, ४ रजत र ३ कास्य गरी १२ पदक जितेको हो ।

    images
    images
    images

    यस जिल्ला भरिका ११ वटै पालिकाबाट सहभागि रहेका पालिकाहरु मध्यबाट गोरखा नगरपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य, सहिदलखन गाउँपालिकाले ३ कास्य र गण्डकी गाउँपालिकाले ४ स्वर्ण, १ रजत र ४ कास्य पदक र बारपाक सुलिकोट गाउँपालिकाले ३ स्वर्ण, ४ रजत र ३ कास्य, चुमनुब्री गाउँपालिकाले २ कास्य, धार्चे गाउँपालिकाले १ रजत र आरुघाट गाउँपालिकाले १ कास्य पदक, अजिरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र ४ कास्यपदकमा जित हात पारेको आयोजकले जानएको छ ।

    जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा पालुङटार नगरपालिकाको सहआयोजनामा तीन दिनसम्म संचालन भएको जिल्ला स्तरीय प्रतियोगिता पालुङटारस्थित भवानी मावि, माझटार खेलमैदानमा भएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शल आर्टस् विधामा प्रतिस्पर्धा भएको थियो ।

    प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - ११:१२:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको