९ माघ काठमडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको छैठौँ केन्द्रीय अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । यही माघ ६ काठमडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सभाहलमा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशमा ‘सुशासन सहित सबल सक्षम प्राधिकरण निर्माणमा सामूहिक आवद्वता कर्मचारी हरुको हकहित सुनिश्तिता तथा पेशागत अभिबृद्वि नै संगठनको प्रतिवद्वता’ भन्ने मूल नाराका साथ स्थापना भएको यस संगठनको अधिवेशनमा भव्यरुपमा सम्पन्न भएको हो ।
यस माघ ६ गते सम्पन्न अधिवेशनबाट अध्यक्ष सुभाष कोइरालाको नेतृत्वमा २४ जना सदस्या रहने गरि नयाँ कार्यसमिति निर्वाचित गरिएको यस संगठनका महासचिव लिला प्रसाद श्रेष्ठले जानकारी दिनु भयो । छैठौँ अधिबेसनले पादाधिकारी सर्वसहमत निर्वाचित गरेको हो। यस संगठनमा अध्यक्ष सुभाष कोइराला। बरिष्ठ उपाध्यक्ष मधुसुदन के सी, उपाध्यक्षहरुमा सागर सिलवाल,कुवेर डागी, मञ्जु प्रजापति, किरण चन्द्र ढकाल,महासचिवमा लिला प्रसाद श्रेष्ठ, उप महासचिवहरुमा इन्द्र प्रसाद पौडेल, सुरज नगरकोटी,सचिवहरु राममणि लामिछाने, मनोज कुमार बुढाथोकी,सन्ध्या आरती ऐर,देवेन्द्र राज ढुगाना, कोषाध्यक्षममा नृप बहादुर परियार निर्वाचित हुनु भएको महासचिव श्रेष्ठले बताउनु भयो ।

उक्त संगठनका कार्यसमिति सदस्याहरुमा जयराम भण्डारी, जयराम भण्डारी,जर्गादस साह, पवन दर्लामी, अमता शाक्य, उत्तम कुमार लामा,दिनेश कुमार मण्डल,दिलिप कुमार राजवंशी,भीमा चुनारा,प्रभात रञ्जन,राम ललित राउत, अन्नपूर्ण सिलवाल, सुरज तामाङ, जयराम थापा मग, युवराज भण्डारी, त्रिलोचन गिरी, गौरव गिरी, विमल पनेरु,आकृति थापा,रविन्द्र कुमार यादव,ललेश कुमार यादव,नवराज कटुवाल,दयाराम साह, अभय राज तिवारी,उमेश न्यौपाने रहनु भएको छ । यसै संगडनका पदेन केन्द्रीय सदस्यहरुमा विकाश कुमार झा, सुजन भारती, कौशल किशोर गोइत, सुनिल मण्डल, राजेश खड्का, सिद्धार्थ थापाअर्जुन कुमार यादव मनोनित हुनु भएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल नागरिक उड्डयन प्राधिकरणको सल्लाहकार समितिको संयोजकमा श्रवण कुमार यादव र सदस्याहरुमा जीवन लामा, मधुसुदन थापा,प्रभार चौधरी, अमर पोखरेल, दुखन साहलाई मनोनित गरिएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल नागरिक उड्डयन प्राधिकरणको छैठौँ अधिवेशनको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ र अधिवेशनको अध्यक्षता संगठनका निर्वतमान अध्यक्ष श्रवण कुमार यादव गर्नु भएको थियो । यस अधिवेशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा रहेका विभिन्न पदमा रहनु भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यस संगठनको नयाँ कार्यसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणको सर्वाङ्गगीण विकासमा आम कर्मचारीहरुको भूमिका लाई वृद्धि गर्न आम कर्मचारीहरुको पेशागत संरक्षण एवं संवद्धन गर्दै हकहित, सेवाको सुरक्षा, वृत्ति विकास, क्षमता विकास तथा अवसरहरुको सिर्जना गर्न प्रतिवद्ध भई विगत देखि नै कर्मचारीहरुको कुशल नेतृत्व गर्दै आएको कर्मचारीहरुको गौरवशाली संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठनले अधिवेशन सम्पन्न गर्ने क्रममा उपस्थित भई सहयोग गर्नु हुने तथा प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्नुहुने प्रमूख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरु, सम्पूर्ण कर्मचारी तथा आम शुभचिन्तकहरुमा विशेष धन्यवाद ज्ञापन गर्नु भएको महासचिव लिला प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।