१० माघ काठमाडौँ । काभ्रेपलाञ्चोकको महाभारत सामुदायिक वनमा लागेको आगलागी निभाउन सकेका छैनन् । खानीखोला गाउँपालिका वडा –१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको स्थानियहरुले बताए । बुधबार साँझ नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी आगो नियन्त्रणको पहल गरिए पनि आगो नियन्त्रण ल्याउन सकिएको छैन् ।
सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानव बस्तीको अनुगमन गरी मानव बस्तीतर्फ आगो आउन नदिने गरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ।डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउँसो २ बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो।
हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। उनका अनुसार वनमा आगो फैलिरहेकाले त्यसको नियन्त्रणका लागि आज जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ।आगलागी भएको स्थानबाट मानवबस्ती करिब तीन किलोमिटरको दूरीमा रहेको जनाइएको छ।