१० माघ काठमाडौँ । गोरखाको गोरखा नगरपालिका हरमटारी चोक शहिद गेटको बिश्रामस्थलमा राखिएको हेल्प डेक्स आज हटेएको छ । यो विगत चार महिनादेखि प्रहरीले दशैंतिहारको भीडभाडमा सुरक्षा व्यवस्था गर्न भनि असोजमा स्थापना भएको हेल्प डेस्क चार महिनापछि आज हटाएको हो ।
त्यहाँ निमार्ण गरिएको बिश्रामस्थल विगत दुई बर्ष अघि लायन्स क्लव अफ गोरखा र गोरखा नगरपालिकाको सहयोग र कालिमाटी टोल बिकास संस्थासंग समन्वय गरी यात्रुहरुलाई बस पर्खन सजिलो होस् साथै ज्येष्ठ नागरिकहरु बस्न सहजताको लागि भनि निमार्ण गरिएको हो ।
त्यहाँ प्रहरी बस्दा यात्रुहरु नबस्ने, बसे पनि प्रहरी आएपछि उठेर जाने गरेको भन्ने जनगुनासो आए पछि जिल्ला प्रहरी कार्यालयले सर्वसाधरणलाई असहज नहोओस् भनी हेल्प डेक्स आज हटाएको हो ।
त्यहाँ बस कुर्न तथा बर्खयामको बेलामा पानी पर्दा पनि ओत हुने गरेका पाइन्छ । अहिले पछिलो समय गोरखा काठमाडौँ रात्रीबस चल्ने भएकोले बस कुर्न मान्छेलाई सजिलो पनि हुने गरेको पाइन्छ ।