Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ लगायत विभिन्न स्थानमा चिसो घटेयो तराईमा हुस्सु र कुहिरो 

काठमाडौँ लगायत विभिन्न स्थानमा चिसो घटेयो तराईमा हुस्सु र कुहिरो 

जोईन खबर

११, माघ २०८१
  • 667
    SHARES
  • काठमाडौँ लगायत विभिन्न स्थानमा चिसो घटेयो तराईमा हुस्सु र कुहिरो 

    ११ माघ काठमाडौँ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम  सफा रहेको छ। साथै तराइका धेरै भागमा हुस्सु लागेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    images

    काठमाडौँ उपत्यकाको तापक्रम पनि क्रमशः वृद्धि हुन थालेको छ। विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

    images
    images
    images

    शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १०:०४:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको