११ माघ काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा आज दुई खेल हुने भएको छ । महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताका धनगढीको फाप्ला क्रिकेट मैदानमा भई रहेको हो ।
आज हुने पहिलो खेलमा एपीएफ र त्रिभुवन आर्मीको खेल हुने छ । दिउँसो १ बजे बाग्मती र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।सुपर–फोरमा हिजो भएको खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हराएको थियो ।
त्यस्तै अर्को खेलमा एपीएफले बाग्मतीलाई १० विकेटले हरायो ।सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेलेपछि शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल भोलि हुनेछ ।