Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जाजरकोटमा १२ बर्षीय बालकले ३ बर्षीय बालिकालाई चक्कु प्रहार गरि हत्या

जाजरकोटमा १२ बर्षीय बालकले ३ बर्षीय बालिकालाई चक्कु प्रहार गरि हत्या

जोईन खबर

११, माघ २०८१
  • 598
    SHARES
  • जाजरकोटमा १२ बर्षीय बालकले ३ बर्षीय बालिकालाई चक्कु प्रहार गरि हत्या

    ११ माघ काठमाडौँ । जाजरकोटको बारेकोटमा १२ बर्षीय बालकले तीन वर्षीया बालिकाको चक्कु प्रहार गरी हत्या गरेको छ । उक्त घटनामा  बारेकोट गाउँपालिका वडा न ७ स्याला निवासी शिवबहादुर सार्कीकी तीन बर्षीया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या भएको हो । बिहीबार दिउँसोदेखि हराइरहेकी उनको हत्या गरी परालले छोपेको अवस्थामा शव भेटिएको हो ।

    images

    परिवारले राति १० बजेमात्रै फेला पारेका थिए ।बालिकाको बलात्कार प्रयासपछि घाँटी रेटेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । बालिकाको हत्या आरोपमा प्रहरीले बारेकोट गाउँपालिका वडा न ६ ताँसीका १२ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान  सुरु गरिएको छ ।

    images
    images
    images

    कक्षा ४ मा पढ्ने ती बालक बिहीबार छिमेकमा पाहुना आएका थिए । हत्यापछि भागेर आफ्नै घर पुगेका बालकलाई प्रहरीले पक्राउ गरी बाल निगरानी कक्षमा राखेको छ । 

    बालकले धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुलेको छ । ‘बलात्कारको प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप विवरण आउन बाकी छ । 

    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - ११:०५:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको