Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री  ओलीको स्वास्थ्य समस्या आए पछि भर्चुअलरुपमा गाउँपालिका प्रशासकीय भवनको उद्घाटन

प्रधानमन्त्री  ओलीको स्वास्थ्य समस्या आए पछि भर्चुअलरुपमा गाउँपालिका प्रशासकीय भवनको उद्घाटन

जोईन खबर

११, माघ २०८१
  • 613
    SHARES
  • प्रधानमन्त्री  ओलीको स्वास्थ्य समस्या आए पछि भर्चुअलरुपमा गाउँपालिका प्रशासकीय भवनको उद्घाटन


    ११ माघ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन गरेका छन् ।

    images

    प्रधानमन्त्री ओली आज  तेही उद्वघाटन गर्ने जाने भनिए पनि उनको स्वास्थ्य समस्या आएका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट नै भवन उद्घाटन गरेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले उर्वर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुंगधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षता उपस्थित हुन असमर्थ भएको जनाए ।

    प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे ।

    उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित भएका थिए ।

    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १५:२०:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको