Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोर्चुगलमा तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारमा  शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम २ फेब्रुअरीमा

पोर्चुगलमा तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारमा  शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम २ फेब्रुअरीमा

राजु गुरूङ

१२, माघ २०८१
  • 730
    SHARES
  • पोर्चुगलमा तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारमा  शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम २ फेब्रुअरीमा

    १२ माघ काठमाडौँ । पोर्चुगलमा नेपालीहरुले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार २०६१ को अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा २ फेब्रुअरी २०२५,आइतबारका दिन सो कार्यक्रम हुने भएको हो ।

    images

     
    राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका उपाध्यक्ष तथा प्रचारप्रसार विभाग संयोजक फुर्पा तामाङका अनुसार कलाकारहरुको बेजोड प्रस्तुति सहित सो कार्यक्रम हुन लागेको छ । मञ्जुश्री संवत २८६१ सोनाम ल्होछार ९डुल० सा पुख्री सर्प बर्ग शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम (२०२५ लाई सभ्य र भब्य बनाउनको निमित्त पोर्चुगल विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरुलाई कार्यक्रममा सहभागीताको लागि उपाध्यक्ष तामाङले अनुरोध समेत गरेका छन् ।

    images
    images
    images

    कार्यक्रम Republica Da Musica Lisboa (Alvalade metro station)मा बिहान १० बजेबाट सुरु भएर मध्यरात १२ बजे सम्पन्न हुने तामाङले बताए । कार्यक्रममा म्हेन्दोमाया र सेलो गीतका विशेष प्रस्तुति, नृत्य तथा अन्य सांगीतिक कार्यक्रम हुने र त्यसको लागि म्हेन्दोमाया गायिका रमाला पाख्रिन, सेलो गायक प्रदीप लामा, सेलो गायक तथा संगीतकार कुमार योन्जनस्थानिय क सहभागी हुने उनले जानकारी दिए । 

    प्रकाशित मिति :माघ १२, २०८१ शनिवार - १९:५५:२० बजे

    राजु गुरूङ

    दाेहा कतार संवाददाता

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको