१२ माघ काठमाडौँ । गण्डकी प्रदेशका सभामूख कृष्णप्रसाद धितालले समाजमा रहेको सांस्कृतिक असमानताको लागि पत्रकारले ठूलो भूमिका खेल्नुपर्ने जनाएका छन् ।
तनहुँको बन्दिपुरमा शनिबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभामुख धितालले सांस्कृतिक रुपमा देखिएको दलित समुदाय पिडीत रहेको भन्दै पत्रकारले पिडीतको पक्षमा कमल चलाउनुपर्ने बताउनुभयो ।
मानव भएर पनि दलित समुदायले मानवीय ब्यवहार नपाएको हामीले अनुभूति गरिरहेका छौँ । कानुनमा जे लेखिए पनि ब्यवहार अझै कमजोर भएको छ समेत बताए ।
उहाँले जनस्तरमा सहि र गलत समाचार छुट्टाउन पर्ने अवस्था सिर्जना भएकाले सत्य र विश्लेषण सहितको समाचार सम्प्रेषण गर्ने विषयलाई बढवा दिन उहाँले आग्रह गर्नुभयो ।