१३ माघ काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकावडा न १७ मा भाइले कैची प्रहार गरि दाइको हत्या गरेका छन् ।
हिजो शनिबार राति साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई आफनो भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताए ।
सानो विवादका कारण घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका दाई लालबहादुरको उपचारका लागि मिसन अस्पताल धनगढीमा उपचारका लागि पठाइएको थियो ।
उपचारकै क्रममा उनको राति २ः५० बजे मृत्यु भएको प्रहरीले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।