१३ माघ काठमाडौँ । बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर भएका छन् ।
आफैँले स्थापना गरेको सुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमाजिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालतका सूचना अधिकृत सुदिप कुमार भट्टराईले बताए ।
सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ ।