१३ माघ काठमाडौँ । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा ११५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रण विरुद्धको एच.पि.भि खोप लगाइने भएको छ । वडा भित्रका बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा लक्षित गरी यही माघ २२ गतेबाट गाउँपालिकाले खोप अभियान संचालन गर्दै छ ।
अभियानको लागी शहिद लखन गाउँपालिकाको वडा नम्बर ७ स्वास्थ्य शाखाले आज आईतबार वडा खोप समन्वय समिति बिद्यलय शिक्षक र स्वयमसेविकाहरुलाई एच।पि।भि खोप सम्बन्धि अभिमुखिकरण प्रदान गरेको छ ।
कार्यक्रममा सहजिकरण गर्दै बुङकोट स्वास्थ्य चौकीका प्रमुख बिमलम पुलामीले खोप अभियान संचालन हुने बताउनुभयो । खोप अभियानमा छुटेकाहरुले भने माघ २५ गते गोरखा अस्पतालमा रहेको संस्थागत क्लिनिकमा आएर खोप लगाउन सक्ने बुङकोट स्वास्थ्य चौकीले जनाएको छ ।