Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रोटरी क्लब अफ गोरखाको आयोजनामा माघ २५ र २६ गते निःशुल्क मुटु जाँच शिविर हुदै

रोटरी क्लब अफ गोरखाको आयोजनामा माघ २५ र २६ गते निःशुल्क मुटु जाँच शिविर हुदै

जोईन खबर

१४, माघ २०८१
  • 502
    SHARES
  • रोटरी क्लब अफ गोरखाको आयोजनामा माघ २५ र २६ गते निःशुल्क मुटु जाँच शिविर हुदै

    १४ माघ काठमाडौँ । गोरखा गोरखा नगरपालिकाको गोरखा अस्पतालमा दुई  दिने निःशुल्क मुटु जाँच शिविर सञ्चालन हुने भएको छ । उक्त आयोजना रोटरी क्लब अफ गोरखाले यही माघ २५ र २६ गते निःशुल्क जाँच शिविर हुने भएको हो ।

    images

    क्लबले हिजो पत्रकार सम्मेलन गर्दै २ दिनको लागि निःशुल्क जाँच शिविर राखिएकोले सबैलाई जाँच गराउन अनुरोध समेत गरेको छ । पत्रकार सम्मेलनमा यस शिविरबाट जाँच पछी शल्यक्रिया गर्नुपरेको खण्डमासमेत निःशुल्क शल्यक्रिया गर्ने ब्यवस्था गरिएको शिविरका संयोजक किशोरजंङ थापाले जानकारी दिनुभयो ।

    images
    images
    images

    उहाँले यो शिविरबाट स्कुले बच्चाहरुमा त्यस्ता समस्या भएको पाइएमा र नेपालमा उपचार संभव नभएका खण्डमा भारतमा लगेर पनि निःशुल्क उपचार गराएर ल्याउने क्लबको ब्यवस्था मिलाएको बताउनुभयो ।भारतमा उपचारको लागि जादा भने बिरामी र बिरामीका १ जनालाई समेत जाने र आउने निःशुल्क ब्यवस्था मिलाईएको संयोजक थापाले जानकारी दिनुभयो ।

    रोटरी क्बल अफ गोरखाको आयोजना हुने शिविर सञ्चालनका लागि यसपटक सम्भव नेपाल नामक संस्थाले पनि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । यो शिविरमा विगतका बर्षहरुमा जाँच गराएको औषधी खाएका तथा पुनः चेक जाँच गराउनु पर्नेहरु तथा मुटु जाँच गराउन चाहनेहरुले शिविरबाट फाइदा लिन सक्ने संयोजक थापाले बताउनुभयो । बिरामी जाँचपछि औषधी र चिकित्सकको ब्यवस्था सेभ द हर्टले गर्नेछ ।

     

    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - ११:४०:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको