Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 रातो र नीलो दुवै मसीलाई मान्यता दिदै अखिल क्रान्तिकारी​को मतगणना अहिले १२ बजे देखि सुरु हुदै

 रातो र नीलो दुवै मसीलाई मान्यता दिदै अखिल क्रान्तिकारी​को मतगणना अहिले १२ बजे देखि सुरु हुदै

जोईन खबर

१४, माघ २०८१
  • 964
    SHARES
  •  रातो र नीलो दुवै मसीलाई मान्यता दिदै अखिल क्रान्तिकारी​को मतगणना अहिले १२ बजे देखि सुरु हुदै

    १४ माघ काठमाडौँ । नेकपा माओवादी केन्द्र निकटको बिधार्थी संगठन अखिल क्रान्तिकारी​को मतगणना आज १२ बजेबाट शुरू हुने भएको छ । माघ १२ गते सम्पन्न भएको निर्वाचनको मतगणना सोही दिन साझाबाट गणना गरे पनि रातो र नीलो मसीमा विवाद हुदा मतगणना स्थागित भएको थियो ।

    images

    तेही विवादलाई सहमति गर्दै दुवै मसीलाई मान्यता दिने सहमति भएसँगै आजबाट  मतगणना सुरु हुन लागेको हो । यस स्थगितको छलफलले रातो र नीलो दुवै रङका रेजालाई मान्यता दिने सहमति  भएर मतगणनालाई निरन्तर दिने भएको छ । अहिले  १२ बजेबाट मतगणना शुरू हुन्छ ।उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणनामा विवाद आएपछि आइतबार मतगणना अनिश्चित कालका लागि स्थगित भएको थियो ।विश्वविद्यालय र उपत्यका विशेषको निर्वाचन समितिले संयुक्त विज्ञप्ति जारी गर्दै मतगणना स्थगित भएको जनाएका थिए ।

    images
    images
    images

    473829535_2720477838139304_8170120652170897662_n.jpg

    मतपत्रमा प्रयोग भएको मसीको विवादको कारण शनिबारदेखि नै यी दुई प्रदेशको मतगणना हुन सकेको थिएन । सात प्रदेशमा उम्मेदवार विजयप्रकाश सापकोटा २२ मतले अगाडि छन् ।उनलाई उपमहासचिव जनार्दन शर्मामा उम्मेदवार हेमन्त राईले कडा टक्कर दिएका छन् । सापकोटाले ४७३ र राईले ४५१ मत ल्याएका छन् ।उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकटका उपदेश यादवले २०५ र वर्षमान पुन निकटका सुदिन पौडेलले १४३ मत प्राप्त गरेका छन् । मतगणनामा यही अनुसार जादा केन्द्रीय अध्यक्षमा विजय प्रकाश सापकोटाले जिते सम्भावना देखिएको छ । 

    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १२:०६:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको