१४ माघ काठमाडौँ । बंगलादेशको ढाकामा आयोजना हुने छैठौ अन्तर्राष्ट्रिय वि।के।एस।पी कप एथलेटिक्स च्याम्पियनशिपमा भाग लिने नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विधाई गर्नु भएको छ ।
यही माघ १५ र १६ गते ९जनवरी २८ र २९० हुने च्याम्पियनशिपमा एथलेटिक्स परिवार नेपालका तर्फबाट चार जना पुरुष र दुई जना महिला गरि छ जना खेलाडी सहभागी हुदै छन् ।
खेलाडीको विधाई गर्नु हुँदै सदस्य–सचिव घिसिङले उत्कृष्ट प्रर्दशनका लागि शुभकामना दिनु भयो । सहभागी खेलाडीहरुमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लाम्साल, सन्तबहादुर दराई, निशा घर्ती र अस्मिता भुजेल छन् ।
अफिसियलमा सुन्दरकेशर कार्की छन् ।