Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्थगित भएको मतगणना पार्टी कार्यालय पेरिसडाँडामा गणना गर्ने सहमति

स्थगित भएको मतगणना पार्टी कार्यालय पेरिसडाँडामा गणना गर्ने सहमति

जोईन खबर

१४, माघ २०८१
  • 874
    SHARES
  • स्थगित भएको मतगणना पार्टी कार्यालय पेरिसडाँडामा गणना गर्ने सहमति

    १४ माघ काठमाडौँ । नेकपा माओवादी केन्द्रको निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीको शनिबार  सम्पन्न विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना पार्टी मुख्यालय पेरिसडाँडामा गर्ने सहमति भएको छ ।

    images

    मतदानस्थल बाल्मीकि क्याम्पसमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने विवाद चलिरहेको बेलामा पेरिसडाँडामै लगेर गणना गर्ने सहमति भएको अखिल क्रान्तिकारीका एक कार्यकर्ताले बताए ।

    images
    images
    images

    उनका अनुसार बाल्मीकि क्याम्पसबाट मतपेटिका पेरिसडाँडा लैजाने तयारी भइरहेको छ । यसअघि मतपत्रमा कालो मसी र रातो मसी प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो ।

    उक्त मत गणना हिजो देखि स्थगित भएको थियो । पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका अध्यक्ष उम्मेदवार हेमन्त राई समूहले मतदानस्थलमै गणना हुनुपर्ने अडान लिएको थियो ।

    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १६:३७:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको