Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट गाउँपालिकाको  १६ औँ अधिवेशन सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकाको  १६ औँ अधिवेशन सम्पन्न

जोईन खबर

१६, माघ २०८१
  • 766
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिकाको  १६ औँ अधिवेशन सम्पन्न

    १६ माघ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको १६ औँ अधिवेशन सम्पन्न भउको छ । यस गाउँपालिकाको चालु आर्थिक बर्षको हालसम्मको पुँजीगत बिकास निर्माण तर्फको खर्च १०.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष सुरु भएको झन्डै ७ महिना बितिसक्दा पनि पालिकाले बिकास निर्माण तथा कार्यक्रमतर्फ बिनियोजित बजेटको जम्मा १०.६ प्रतिशत रकम मात्र खर्च गरेको हो ।पालिकाको प्रशासनिक खर्चतर्फ हालसम्म बिनियोजित बजेटको ३७.०७ प्रतिशत रकम खर्च गरेको पाइएको छ ।चालु आर्थिक वर्ष यता पालिकाले राजश्व बापत ३ लाख १६ हजार रकम संकलन गरेको छ ।

    images

    यस्तै, हालसम्म सानाठुला गरी २६ वटा योजनाहरु सम्झौँता भएका पालिकाले जनाएको छ । भौतिक योजनातर्फ पालिकाको समग्र वडाका वडागत योजनाहरुको प्रगति ३५ प्रतिशत रहेको बताइएको छ ।पालिकाले सवारी साधन मर्मततर्फ हालसम्म ३२ लाख ७४ हजार रुपैँया खर्च गरेको उल्लेख छ । यसैगरी, व्यक्तिगत घटनातर्फ हालसम्म ६५४ वटा घटनाहरु दर्ता गरिएको र सामाजिक सुरक्षा भत्तातर्फ हालसम्म चार करोड २४ लाख ४३ हजार रुपैँया वितरण गरिएको पालिकाको भनाई छ ।पाँचवटा महत्वपूर्ण निर्णय गर्दै पालिकाले आफ्नो १६ औँ अधिवेशन सम्पन्न गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए ।

    images
    images
    images

    पालिकाले जलविद्युत उत्पादन गर्नका लागि अनुमति पत्र लिनुपर्ने निर्णय अधिवेशनले गरेको उनले जानकारी दिए ।एक मेगावटसम्मको आयोजना निर्माण गर्नका लागि पालिकाबाटै सर्वेक्षण अनुमति पत्र लिनुपर्ने निर्णय भएको छ ।  आगामि वर्षदेखि घर बनाउँदा अनिवार्य नक्सा गर्नुपर्ने र संघीय तथा प्रादेशिक कार्यालयबाट संचालित आयोजनाले प्राकृतिक स्रोत साधन उपयोग बापत अनिवार्य रुपमा कर दाखिला गर्नुपर्ने निर्णय भएको उनको भनाइ छ । 

    प्रकाशित मिति :माघ १६, २०८१ बुधवार - १५:३०:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको