Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 समाजवादी मोर्चाको बैठक जारी

 समाजवादी मोर्चाको बैठक जारी

जोईन खबर

१६, माघ २०८१
  • 607
    SHARES
  •  समाजवादी मोर्चाको बैठक जारी

    १६ माघ काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा रहेको समाजवादी मोर्चाले मंगलबार मात्रै राजधानीमा विचार गोष्ठीको आयोजना गरेको थियो ।

    images

    समाजवादी मोर्चालाई सक्रिय बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तर प्रयास गर्दै आएका छन् । समाजवादी मोर्चा गठन हुँदा उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल समेत थियो। तर, जसपा नेपाल फुटेर अशोक राईको नेतृत्वमा अर्को जसपा बनेको छ ।आफ्नो पार्टी फुटाउने भूमिकामा प्रचण्ड समेत सहयोगी बनेको भनेर उपेन्द्र प्रचण्डसँग रुष्ट छन्।

    images
    images
    images

    यसअघि माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले उपेन्द्र यादवले पार्टी फुटको विषय सर्वोच्च अदालतमा बिचाराधीन रहेको र मुद्दाको टुंगो लागेपछि मोर्चामा सक्रिय हुने विषयमा आफू सकारात्मक जवाफ दिएको ब्रिफिङ गरेका थिए ।

    प्रकाशित मिति :माघ १६, २०८१ बुधवार - १५:४९:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको