Logo

बिहिवार, कार्तिक १३ गते २०८३

घरेलु मैदानमा नेपाली टिम फेरी पराजित

घरेलु मैदानमा नेपाली टिम फेरी पराजित

जोईन खबर

२०, माघ २०८१
  • 502
    SHARES
  • घरेलु मैदानमा  नेपाली टिम फेरी पराजित

    २० माघ काठमाडौँ । नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमको लगातार तेस्रो हार भएको छ । आज भएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्ससँग १५ रनको हारेको हो । खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।

    images

    नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन,ओपनर सम्झना खड्काले  २३ रन पूजा महतोले १८ रन बनाउँदा कविता जोशीले १४ र सीता रानामगरले १० रन जोडे । नेदरल्यान्ड्सकी एरिस ज्विलिङ, हिथर साइगेर्स र क्यारोलिन डे लिंगेले समान दुई विकेट लिइन् ।

    images
    images
    images

    यस्तै, इभा लिंक र इसाबेल भान डेर वोनिङले एक–एक विकेट लिइन् ।त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो । डच टिमबाट कप्तान बाबेटे डे लिडेले सर्वाधिक ४१ रन बनाइन् । नेपालकी सीता रानामगरले पाँच विकेट लिइन् ।

    तीन ओभर बलिङ गरेकी सीताले १२ रनमात्रै खर्चिइन् । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्ससँगै २० रनले  हारेको र दोस्रो खेलमा नेपाललाई थाइल्यान्डले चार विकेटले हराएको थियो ।

    प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - १५:५६:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको