२१ माघ काठमाडौँ । आज काठमाडौँलगायत विभिन्न स्थनको तापक्रम घट्दै जान थालेको छ। गत बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसयता न्यूनतम तापक्रम लगातार घटिरहेको छ।शुक्रबार ६.२, शनिबार ५.८ र आइतबार ४.५ डिग्री सेल्सियस मापन भएको थियो।
सोमबार बिहान पनि न्यूनतम तापक्रम त्यति धेरै घटबढ भएको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ।