Logo

बिहिवार, कार्तिक १३ गते २०८३

छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप पदक विजेता एथलेटिक्स खेलाडी सम्मानित

छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप पदक विजेता एथलेटिक्स खेलाडी सम्मानित

जोईन खबर

२१, माघ २०८१
  • 655
    SHARES
  • छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप पदक विजेता एथलेटिक्स खेलाडी सम्मानित

    २१ माघ काठमाडौँ । छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली आइतबार नगदसहित सम्मानित भएका छन् । बंगलादेशको ढाकामा यही माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालका ५ खेलाडीले १ स्वर्ण, १ रजत र ४ कांस्य पदक जितेका थिए ।अस्मिता भुजेलले १ हजार ५ सय मिटर दौडमा स्वर्ण तथा ८ सय मिटर दौड र ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेकी थिइन् ।

    images

    अस्मिताले २० हजार रुपैयाँ पाइन् । सैलेश श्रेष्ठले १ सय १० मिटर हर्डल्समा रजत र ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेका थिए । उनले १५ हजार रुपैयाँ हात पारे ।लङजम्प र ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेकी निशा घर्तीलाई १० हजार नगद प्रदान गरियो । पुकारजंग बस्नेतले १ हजार ५ सय मिटर दौड र सन्तबहादुर दराईंले ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जिते ।

    images
    images
    images

    दुवैले जनही ५ हजार नगद पुरस्कार पाए । टिम व्यवस्थापक सुन्दरकेशर कार्कीलाई पनि ५ हजार नगदसहित पुरस्कृत गरियो ।उनीहरुलाई संघीय सांसद् कल्पना चौधरी, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य सुवर्ण श्रेष्ठ, जनकसिंह धामी, हिमालकुमार श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका पूर्व सदस्य–सचिव सूर्यलाल भण्डारी, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायतले प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे । एथलेटिक्स परिवार नेपाल र नेपाल एथलेटिक्स संघका केहि पदाधिकारी मिलेर खेलाडीलाई सम्मान गरिएको अध्यक्ष खत्रीले जनाएका छन् ।

    प्रकाशित मिति :माघ २१, २०८१ सोमवार - ११:०५:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको