Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज श्रीपञ्चमीको दिन देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

आज श्रीपञ्चमीको दिन देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

जोईन खबर

२१, माघ २०८१
  • 661
    SHARES
  • आज श्रीपञ्चमीको दिन देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

    २१ माघ काठमाडौँ । आज श्रीपञ्चमीको दिन देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

    images

    विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

    images
    images
    images

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्त्व दिइन्छ ।आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।  यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
     

    प्रकाशित मिति :माघ २१, २०८१ सोमवार - १२:२३:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको