Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पारा एथलेटिक्स टोली दुबइ जाने

पारा एथलेटिक्स टोली दुबइ जाने

जोईन खबर

२२, माघ २०८१
  • 571
    SHARES
  • पारा एथलेटिक्स टोली दुबइ जाने

    २२ माघ काठमाडौँ । दुबइ २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दुबइ प्रस्थान गर्ने भएको छ ।फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नवराज कार्कीले पुरुष ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

    images

    विलिशा अर्यालले महिला १ सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्वेले महिला २ सय÷४ सय मिटर दौड र लङजम्पमा सहभागी हुने छन् ।यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमाका लागि खेलाडी छनोट गरिने बताइएको छ ।

    images
    images
    images

    टिम व्यवस्थापकमा साङबु भोटे, प्रशिक्षकमा ओलम्पियन विमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् । टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    प्रकाशित मिति :माघ २२, २०८१ मंगलवार - ११:२८:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको